२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालबाट बाहिरियाे मनसुन

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार १९:०७


काठमाडौं । यस वर्षकाे मनसुन नेपालका सबै भूभागबाट बाहिरिएकाे छ ।

यसअघि देशका धेरै ठाउँबाट बाहिरिएकाे मनसुन बाँकी ठाउँबाट पनि बाहिरिएको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज शनिबार (अक्टोबर १२) मा वाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बहिर्गमन भएको विभागले सूचनामार्फत जानकारी दिएकाे छ ।

०८१ असोज २२ (अक्टाेबर ८) मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडाैं उपत्यका लगायत वाग्मती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियाे । त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँबाट मिति २०८१ असोज २० (अक्टाेबर ६) का दिन यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

नेपालबाट मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ हो । यो वर्ष मनसुन सरदर मिति भन्दा १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको महाशाखाले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !