२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

प्रकाशित मिति :  २७ आश्विन २०८१, आईतवार ०८:२४


एजेन्सी । भारतको मुम्बईमा अजित पवार गुट (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ ।

शनिबार राति उहाँकाे हत्या भएकाे हाे । मुम्बईको बान्द्रा पूर्वमा छातीमा गोली लागेर गम्भीर घाइते भएका उहाँलाई लत्काललै लिलावती अस्पताल लगिएको थियो । सिद्दिकीकाे उपचारका क्रममा ज्यान गएकाे हाे ।

ख्यमन्त्री एकनाथ शिन्देका अनुसार छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा बाबामाथि आक्रमण भएको थियाे । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्री समेत हुनुहुथ्यो । गत  फेब्रुअरीमा उहाँ कांग्रेस छोडेर एनसीपीमा प्रवेश गर्नुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !