८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपालाई विधिको शासन भनेर आन्दोलन गर्न लाज लाग्दैन?

प्रकाशित मिति :  ७ कार्तिक २०८१, बुधबार १५:५६


 –प्रदिप तिमल्सिना–

काठमाडौं । अहिले रवि लामिछानेको रिहाईको माग गर्दै पोखरामा आन्दोलन चर्किएको छ ।  अन्य धेरै  ठाउँमा समेत आन्दोलन भएता पनि पोखरामा भने रवि लामिछानेको पार्टीको आन्दोलन विशेष छ ।

आन्दोलनको मुल उद्देश्य भनेको रास्वपाका सभापति रवि लामिछानेको रिहाई हो ।

आन्दोलन चितवनमा पनि निकै चर्किएको थियो । तर पोखरामा रास्वपाले विभिन्न जिल्लाबाट मानिस उतारेर गरेको आन्दोलन भएकाले गर्दा पोखराको आन्दोलन विशेष बन्न पुगेको छ । अहिले रवि पोखरामै छन् । उहाँलाई अहिले सीआइबीले छानवीन गरिरहेको छ । प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर रविलाई पक्राउ गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेको र उहाँको पार्टीका नेता कार्यकर्ताको मुखमा झुण्डिएको शव्द हो विधिको शासन ।

विधिको शासन– विधिको शासन भनेर रास्पाका नेताहरूले आन्दोलनमा निकै कराएका छन् । रवि लामिछानेको मुखमा पनि विधिको शासन शब्द पहिला पनि र अहिले पनि झुण्डिएको छ ।

अहिले रवि लामिछानेलाई प्रहरीले छानबिनकै लागि पक्राउ गरेको हो । अहिले सहकारी काण्डमा उनी मुछिए पछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।  भोलि रवि लामिछाने निर्दोष पनि ठहरिन सक्छन् र दोषी पनि प्रमाणित हुन सक्छन् । गलत गरेकाे भए दण्ड पाउछन् र गलत नगरेकाे भए उहाँले अदालतबाट सफाइ पाउछन् । 

अहिले रवि लामिछानेलाई जसरी प्रहरीले पक्राउ गरेर छानविन गरेको छ त्यो भनेको विधिकाे शासन अन्र्तगत नै हो । प्रहरीले रवि लामिछानेलाई कानुनमै टेकेर छानविन गरेको छ । प्रहरीले कानुनको विधिमै अडिएर रवि लामिछानेलाई पक्राउ गरेको हो ।

आफू र आफ्नो नेता पक्राउ पर्दा त्यो विधिको कानुन नहुने अरु पक्राउ पर्दा चाहि विधिको कानुन हुनुपर्ने त्यो चाही रास्वपाको घिन लाग्दो चिज अहिले देखिएको छ ।

जसरी रविलाई प्रहरीले पक्राउ गर्यो त्यसरी नै काङ्ग्रेस नेता बालकृष्ण खाँडलाई पनि पक्राउ गरेको थियो । त्यसरी नै एमाले नेता टोप बहादुर रायमाझीलाई पनि पक्राउ गरेको थियो । त्यसरी नै माओवादी नेता कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको थियो । केस अर्को भएपनि पक्राउ चाही यसै गरि प्रहरी कानुनको विधिमै अडिएर उनीहरूलाई पक्राउ गरेको थियो । उहाँहरु पनि मन्त्री , सभामुख भइसकेका मानिस हुन् ।

उहाँहरु पक्राउ पर्दा कुनै कतै आन्दोलन भएको कसैले थाहा पाएनन् । तर त्यसै गरि रवि लामिछाने पक्राउ पर्दा चाही देश भरीको कार्यकर्ता उतारेर विधिको शासन चाहियो भन्नु भनेको रास्वपाको घिनलाग्दो कुरा हो ।

दोषी दोषी नै हुनुपर्छ । निर्दोष निर्दोष नै हुनु पर्छ । तव मात्र विधिको शासन राम्रो हुन्छ । केवल अनुसन्धानको लागि पक्राउ परेको व्यक्तिको नाममा सडकमा आन्दोलन गरेर रिहाईको माग गर्नुले भोलिको दिनमा हाम्रो देश कता जाँदै छ भनेर जो कोहीले पनि सहजै आँकलन गर्न सक्छन् ।

राज्य विधिको शासनमै रहेर सञ्चालन हुनु पर्छ । तपाई हामी जो कोहीलाई अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गर्न सक्छ र तपाई हामीमाथि छानविन गर्न सक्छ र त्यो विधिको शासन हुन्छ भने रास्वपाका सभापति रवि लामिछाने चाही पक्राउ पर्दा त्यो विधिको शासन नहुने भनेर विधिको शासन चाहियो भनेर आन्दोलन गर्नुको कुनै अर्थ छैन ।

अहिले रवि लामिछाने छानविनमा छन् । छानविन बाट दोषी ठहर भएन भने उनले प्राप्त गरेको कुनै पनि पद जानेवाला छैन । यसमा रास्वपाका कोही पनि आत्तिनु पर्नेबाला छैन । फेरि दोषी ठहरीए भने विधिको कानुन अनुसारनै उनले कारवाही भोग्नु पर्ने हुन्छ । जुन कारवाही आम जनताले भोगेका छन् उहाँले पनि त्यसरी नै भोग्नु पर्ने हुन्छ । यसमा कसैको केही आपत्ति हुने छैन । किनभने कानुनको अनविज्ञता क्षम्य हुनेवाल छैन । यो सबैले बुझ्नु पर्ने कुरा हो ।

कानुन सबैको लागि समान हुन्छ र हुनु पनि पर्छ । कुनै पनि व्यक्ति कानुन भन्दा माथि हुदैन । त्यसैले विधिमै अडिएर रविमाथि अनुसन्धान हुँदा कसैले आपत्ति जनाउनु हुदैन ।

 


5.1k
Shares

प्रतिक्रिया दिनुहोस !