६ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्युत् प्राधिकरणले फेरि काट्यो १० उद्योगको लाइन

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार ०९:१४


काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ ।

पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समय सीमा दिएको थियो ।तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्राधिकरणले उद्योगीहरूको लाइन काटेको हो ।

यसअघि ऊर्जा मन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो ।

विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबिच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जिबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलवारि स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !