१८ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

वास्तवमा सहकारी पीडितको रकम कसले अपचलन गरेकाे हो?

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार १२:५७


–प्रदिप तिमल्सिना–

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायतको सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले उक्त संघर्षलाई जारी राख्नुको मूल कारण भनेको आफ्नो बचत रकमको माग नै हो ।

सोही प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले कसैले मैले रकम अपचलन गरेको भनेर भन्ने गरेका छैनन् । केही व्यक्ति फरार पनि रहेका छन् । तर जसले अपचलन गरेपनि त्यो रकम बचत कर्ताकै रकम अपचलन भएको हो ।

बचत कर्ताहरूले रवि, छवि र जीवी राईको फोटोको ब्यानर बनाएर आन्दोलन गरिराखेका छन् । उनीहरूले आन्दोलनमा भनिरहेका छन् की बचत रकम फिर्ता गर, सहकारी ठगलाई कारवाही गर ।

उनीहरूले आफ्नो ब्यानरमा राखेकै व्यक्ति ठग भएको हरेक प्रमाणले देखाई सकेको छ । उक्त कुराको प्रमाणित संसदीय छानविन समितिले पनि गरिसकेको छ ।

तर अहिले जो चोर उसको ठूलो स्वर भने झै अहिले पक्राउ परेका व्यक्तिहरुले मैले कुनै हालतमा सहकारी ठगेको छैन भनेर कुर्लिरहेका छन् । बरु उल्टै आफू सहकारी पीडितको पक्षमा रहेको बताउदैन आफ्नो पाटीका मानिसहरु सडकमा उतारेर तुरुन्तै आफ्नो रिहाईको माग गर्न लगाएका छन् ।

हजारौं बचत कर्ताको बचत डुवेको बेला आफूले उक्त रकम अपचलन नगरेको भनेर रवि लामिछानेले बताउदैन आएका छन् । तर उक्त रकम रवि लामिछाने मालिक रहेको गोर्खा मिडियामा आएको कुरा प्रष्ट भइसकेको छ ।

फेरि गोर्खा मिडियाका मालिकहरू भनेको रवि, छवि र जीवी नै हुन् ।

मिडिया खोलेर के के न गरौला । मनग्य कमाउला भनेर खोलेको मिडियामा उक्त रकम आएको र साहूहरूकै हस्ताक्षरबाट बैङ्कबाट रुपैयाँ पैसा निस्केको पनि प्रमाणित नै छ ।

अहिले सहकारी पीडितहरू मर्कामा परेका छन् । हजारौं सहकारी पीडितहरूको रकम पुरै डुबेको अवस्था छ । यस्तो अवस्थामा साहु मध्यका एक साहुले म दोषी छैन मलाई फसाउन जाल झेल भयो भनेर सहकारी पीडितलाई त्यतिकै सडकमा छाडेर उम्कन मिल्छ ?

दूधको साझी बिरालो

दूधको साझी बिरालो भनेझैँ अहिले सहकारी प्रकरणमा समातिएका रवि लामिछानेको पार्टीले सहकारी पीडितको आन्दोलनको अगुवाई गछौँ भनेर सडक तताइरहेका छन् । सहकारी पीडितलाई न्याय दे । रवि लामिछानेलाई रिहा गर भन्ने जस्ता नारा रास्वपाका केही चर्चित नेताहरूले लगाइरहेका छन् ।

कानुन सम्वत् हरेक क्षेत्रबाट दोषी देखिएका, संसदीय छानविन समितिबाट पनि दोषी नै देखिएका रवि लामिछाने लै नै सहकारी पीडित आन्दोलनको अगुवाई गर्छु भनेर भनेका थिए र उहाँकै आग्रहमा अहिले उहाँको पार्टीको नेताहरुले समेत उक्त कुरा बताईरहेका छन् ।

सहकारी पीडितको रकम रवि लामिछानेको टिमले फिर्ता गर्दा सहकारी पिडितले त्यसै पनि न्याय पाउने थिए । तर उक्त रकम फिर्ता गर्ने छाटकाट समेत नगरिकन आफै सहकारी पिडिको आन्दोलनका अगुवाई गर्नु भनेको दूधको साझी बिरालो जस्तै हो ।

इमान्दार भएर हाम्रो टिमले उक्त रुपैयाँ पैसा सहकारीबाट लिएको हो र अब उक्त पैसा हाम्रै टिमले तिर्छ भनेर भन्नुको साटो मलाई अघि बढ्न दिइएन । मलाई फसाईयो भनेर सबैको माझ भन्नु चाही यो हास्यात्म विषय हो ।

अहिले रवि लामिछानेले जे गरिरहेका छन् सोही कुरा अन्य आम नागरिकले गर्ने हो भने तुरुन्त देषि प्रमाणित भएर जेल जानु पर्छ । अरु जेल जादा चाहिँ विधिको सासन हुने र आफू अनुसन्धानको लागि तानिदा मात्र पनि विधिको सासन नहुने भनेको यो अचम्म लाग्दो कुरा छ ।

को हो त सहकारी पीडितको बास्तविक रकम अपचलन गर्ने?

नेपालमा धेरै सहकारी बचत कर्ताको हरि विजोक भएको छ । सबै सहकारी बचत कर्ताको रकम रवि लामिछानेले अनि उहाँको टिमले अपचलन गरेको भने होइन । तर सूर्यदर्शन लागाएत गोर्खा मिडियामा आएको रकमको अपचलन भने रवि लामिछानेकै टिमले गरेको हो ।

अहिले जुन सहकारी को केश लागेर रवि लामिछाने र छविलाल जोसि प्रहरीको हिरासतमा छन् र जिवि राई फरार छन् त्यो केशको मुख्य नाईके भनेकै रवि लामिछाने, जिवि राई र छविलाल जोसि नै हुन् ।

उनीहरूले निशर्त हामिले सहकारीको रुपैयाँ पैसा गोर्खा मिडियामा ल्यएर अपचलन गरेको हो । र हामी तिछौं भनेर उक्त रकम तिर्नुको कुनै विकल्प रहदैन ।


2k
Shares

प्रतिक्रिया दिनुहोस !