विश्वकप लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ ।
लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजकाे पहिलाे खेलमा नेपालले अमेरिकासँग खेल्ल लागेकाे हाे । नेपाल र अमेरिकाबीचकाे खेल राति सवा ९ बजे सुरु हुनेछ।
नेपालले नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्नेछ ।
लिग-२ का लागि लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेकाे छ । टाेलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।
लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल ८ खेलमा ३ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका ९ खेलबाट १२ अंकसहित अंक तालिकाकाे दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलबाट ११ अंक जोडेर अंक तालिकाकाे चौथो स्थानमा छ । विश्वकप लिग-२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन् । लिग-२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अंक छ ।
यसअघि नेपालले अमेरिकासँगको टी-२० सिरिज क्लिन स्विप गरेको थियो ।