९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनआरएनए ग्लोबल सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

प्रकाशित मिति :  ११ कार्तिक २०८१, आईतवार १०:०२


काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदैछ ।

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सुरु हुन लागेकाे सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

नआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अनुसार कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहनेछ । ७ वटा प्लेनरी सत्र रहने छन् ।

सम्मेलनकाे पहिलो दिन आज नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायत सत्रमा छलफल हुने परिषद्ले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !