२४ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

थाई एयर एसियाको उडान निलम्बित

प्रकाशित मिति :  ११ कार्तिक २०८१, आईतवार २०:४३


काठमाडाैं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई कारबाही गरिएकाे  छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हाे ।

करिब एक घण्टा होल्ड भएपछि विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको क्यानले जनाएकाे छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार साे विमानकाे नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।

उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई विशेष चार्टर्ड उडानको अनुमति दिइएको छ । विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !