त्रिपुरेश्वरका सुकुम्वासीलाई अनेरास्ववियुद्वारा राहत वितरण, काठमाडौं महानगरको बेवास्ता
काठमाडौं । त्रिपुरेश्वर स्थिति बाढी प्रभावित सुकुम्वासी बस्तीका पीडितलाई अनेरास्ववियुले राहत सामाग्री वितरण गरेको छ ।
विभिन्न दाताहरूबाट सहयोग सङ्कलन गरी अनेरास्ववियु काठमाडौं बाढी पीडितलाई सहयोग उपलब्धि गराएको हो । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष अमन केसीको नेतृत्वमा त्रिपुरेश्वर स्थित सुकुम्वासी बस्तीमा ८० रुपैँया हजार बराबरको राहत सामाग्री वितरण गरेको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाका अनुसार सहयोग सङ्कलन र राहत वितरण कार्यक्रममा संगठनका सचिव सचिव सिरिस पौडेल लगायतका नेता कार्यकर्ताहरू खट्नु भएको थियो । नेपालको चर्चित मोटो भ्लगर एमआरबी भ्लग र सुरक्षा केसीले राहत वितरणको लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
गत असोज १२ र १३ गतेको अविरल वर्षाको कारण आएको बाढीले सुकुम्वासी बस्तीमा क्षति पुर्याएको थियो । सुकुम्वासी बस्तीमा बाढीले थुपारेको फोहोर सफा गर्ने तथा पीडितलाई राहत लगायतका सहयोग गर्ने कुरामा काठमाडौं नगरपालिकाले कुनै चासो देखाएको छैन ।