कस्तो दिन : रविको आडमा प्रचण्डको राजनीति
-विकास अधिकारी
काठमाडौं । भनिन्छ नी मानिसको दिन आउँछ । त्यो दिन राम्रो पनि आउँछ र त्यो दिन नराम्रो पनि आउन सक्छ ।
अहिले नेपालमा माओवादी पार्टीको नराम्रो दिन आएको छ । कस्तो थियो माओवादी कस्तो भएको छ । आफै सकिएर अन्तिम अवस्थामा पुगेको रास्वपाको पुच्छर भएर हिड्ने दिन आएको छ माओवादीको ।
अहिले माओवादी अर्थात प्रचण्ड रवि लामिछानेको पुरै गुन गान गाएर हिडेका छन् । रवि लामिछानेको पार्टीले रविको रिहाईको लागि पोखरामा गरेको कार्यक्रममा पनि उहाँले मुख खोलेरै माओवादी कार्यकर्तालाई रवि लामिछानेको रिहाईको लागि माग गर्नु भएको थियो ।
हिजोका दिनमा मत्ता हात्ती जस्तै रहेको माओवादी पार्टी आजको दिनमा पुरै सिनिक्क हुने स्थितिमा रहेको छ । त्यो स्थितिमा पुग्नको लागि माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको पुरै हात छ ।
गाँउ गाउँमा सिंह दरवार भन्ने नाराका साथ माओवादी पहिलो संविधान चुनावमा नेपालको ठूलो पार्टी भएर उदाएको थियो । तर त्यस पछि माओवादी क्रमश घट्दै गएको हामी देख्न सक्छौ ।
अहिले माओवादी कसैको बैशाखी टेकेर मात्र आफ्नो अस्तित्व टिकाइरहेको छ । अर्थात जव जव चुनाब आउँछ तब तब माओवदाी कसैको न कसैको सहारा लाग्न पुग्ने गरेको छ । कुनै पनि हालतमा नेपालका प्रमुख दल एमाले र कांग्रेसलाई मिल्न नदिएर आफू सधै सत्तामा बसिरहन पल्केको माओवादीले अहिले कांग्रेस एमाले मिलेकाे देखेर आफू देशको चौथो ठूलो दल रास्पाको समेत बैशाखी टेक्न थालेको छ ।
कलिला पालुवाहरूले नेतृत्व गरेको रास्वपामा केही मानिसको साथ र समर्थन देखिन्छ । तेही साथ र समर्थन आफू तिर ल्याउन र आफू पनि रवि लामिछाने झै समाजिक सञ्जालको पपुलर बन्नको लागि प्रचण्ले यो खेल खेल्न लागेको बुझिन्छ । अर्को खेल भने रास्वपा पनि प्रचण्डले माओवादीमा मिसाउन खोजेको भन्ने पनि जानकारहरू बताउँछन् । रास्वपालाई आफ्नो मातहातमा राखेर अलिकति भएपनि आफूलाई ठूलो भए जस्तो अग्लो भएजस्तो देखाउन प्रचण्डले मन गरेको बुझिएको छ ।
रवि लामिछानेको साथ र समर्थन गरेर अहिले माओवादीले ८४ को चुनावको सम्म गफ गर्न भ्याएका छन् । ८४ मा हामी देशको सबै भन्दा ठूलो पार्टी बन्ने हो भनेर माओवादीले पटक पटक फलाकी रहेको छ ।
कहिले सिंहदरवार घेर्छु भन्ने त कहिले प्रधानमन्त्री निवास घेराउ गर्छु भनेर माओवादीले बारम्वार भन्दै आइरहेको छ ।
एक जानाकारका अनुसार प्रचण्डले अहिले सिंहदरवार र बालुवाटार घेर्छु भनेर उक्त घेराउमा रास्वापाका कार्यकर्ता पनि लैजान खोजेको र रास्वपा भन्नु र माओवादी केन्द्र भन्नु उस्तै भएको बुझाउ थलेका छन् । उहाँका अनुसार दोषीले अर्को दोषीलाई कहिल्यै दोषी देख्दैन । देषी देख्नुको साटो इमान्दार देख्छ । त्यसैले पनि मओवादीले सहकारीे पीडितलाई न्याए दिने आन्दोलन गर्नुको साटो सहकारीको रकम दुरुपयोग गर्ने व्यक्तिलाई रिहाईको माग गर्नु सहकारी पीडितकाे विपक्षामा उभिनु यो हस्यास्मक कुरा रहेको बताउनु भएको छ ।
अर्को कुरा रवि मालिक भएको कम्पनीले जति भएपनि सहकारीको रुपैयाँ पैसा अपचलन गरेको कुरा घाम जस्तै छर्लङग छ । त्यो राम्रो सँग बुझेका प्रचण्डले अहिले रविलको रिहाईको माग गर्नु हस्यास्मक नै कुरा हो ।
कुनै बेलामा पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रमा मोहन बैद्य, नेत्र विक्रम चन्द , बाबुराम भट्टराई, सीपी गजुरेल हुदाँ माओवादी देशकै सबै भन्दा ठूलो पार्टी रहेको थियो ।
तर आफूमात्र अध्यक्ष हुने र अरुलाई थिचोमिचो गरेर राख्ने प्रवृतिले माओवादी खिईदै गएको आम मानिसको धारण रहेको छ । अब माओवादीको घटकहरु एक ठाउँमा आएर उभिने सम्भावना नरहे पछि प्रचण्डले रवि लामिछानेलाई काखी च्यापेका एक थरि मानिसको आंकलन समेत रहेको छ ।
रविको पार्टीलाई नेतृत्वको खडेरी
अहिले रविको पार्टी रास्वपामा नेतृत्वको खडेरी लागेको छ । किनभने पार्टी सभापति रवि लामिछाने सहकारी घोटला काण्डमा कास्की प्रहरीको हिरासतमा रहेका छन् । कही कतै पनि घोटालामा नमिसिएकf रास्वपाकै महामन्त्री मुकुल ढकाललाई पनि रविले नै पार्टीबाट विभिन्न आरोप लगाएर निस्कासन गराएका हुन् ।
अहिलेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले पनि पार्टीमा राम्रो नतिजा दिन नसकेको कुरा रास्वपाका धेरै नेता कार्यकर्ताको भनाई छ । स्वर्णीम वाग्लेलाई पनि सामाजिक सञ्जालको पपुलारिजम जोगाउन धेरै गह्रो परेको पनि आम कार्यकर्ताहरू बताउँछन् । कतिपय रास्वपाका मानिसहरु भन्ने गर्छन् स्वर्णिम वाग्ले अर्थशास्त्र सम्बन्धी केही जानकार त हो । केही विध्वान त हो । तर बाहिर सामाजिक सञ्जालमा देखिएको जस्तो विध्वान नरहेको उनीहरुको भनाई छ ।
पार्टीका मुख्य खम्बा भनिएको रवि लामिछाने हिरासतमा र पार्टीको अर्का खम्बा भनिएको मुकुल ढकाल निलम्बनमा र यी दुई बाहेकको दरिलो खम्बाको रुपमा पार्टीमा विशेष स्थान दिएर ल्याएका स्वणिम वाग्लेले केही गर्न नसकेपछि रास्वपाको पार्टी नेतृत्वमा खडेरी लागेको हो ।
नेता खडेरीको फाइदा उठाउँदै प्रचण्ड
अहिले प्रचण्डले रास्वपाका नेताको खडेरीको फाइदा उठाउँदै रास्पापाई सहयोगको ललिपप देखाइरहेका छन् । रास्वपालाई सहयोगको ललिपप देखाएर आफ्नो प्रतिपक्षको सङ्ख्यामा अझ धेरै बलियो बनाउने र आगामी निर्वाचनमा रास्वपा सग एककीरण गरेर चुनाव लड्न सक्ने सम्मको योजना माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रहेको पाईएको छ ।
मैदानमा खटिँदा, आन्दोलनमा होमिदा रास्वपाका चर्चित अनुहारहरुले नराम्रो सँग पराजय भाेगेपछि माओवादीले रविको समर्थन गर्दै हिँडेको पाइएको छ ।
राजनीति बुद्धि भन्दा पनि विवेकको खेल हो । रास्वपाका केही चर्चित अनुहारहरु हरुले मैदानमा विवेकको प्रयोग गर्न नजान्दा नराम्रो सँग पराजय भोग्नु परेको छ ।
उता रवि लामिछाने तत्काल नछुट्ने र मुद्दा माथि मुद्दा खप्टिने देखेपछि माओवादीले रास्वपामा परेको नेताको खडेरीको फाइदा उठाउन खोजेको देखिन्छ ।