२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना लडाईंमा चुनौती बन्दै भारतीय भेरियन्ट

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १०:०३


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का नयाँ-नयाँ भेरियन्ट अर्थात नयाँ-नयाँ रुपहरु देखिएपछि विश्वसँगै नेपाल पनि त्रसित छ ।

पछिल्लो समय कोरोना भाइरसका विभिन्न भेरियन्टहरु देखा परेपछि विश्व समुदाय नै चिन्तित भएको छ । जुन भेरियन्टहरुले मानव शरीरमा गम्भीर असर पुर्‍याइरहेका छन् ।

विश्वकै लागि निक्कै चुनाैतीपूर्ण बनेकाे कोरोना भाइरसले फेरिरहने रुपलाई वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्  । जसलाई चित्कित्सकीय भाषामा ‘होल जीन स्वीक्वेन्सिङ’ भनिन्छ ।

दक्षिण अफ्रिकी भेरियन्ट, युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पनि यही प्रविधिबाट पत्ता लागेका हुन् ।

नेपालमा काेराेनाकाे दाेस्राे लहर सुरु भएसँगै युके भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पनि देखा परेको छ । यी दुईमध्ये भारतीय भेरियन्ट अलि कडा खालको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार भारतीय भेरियन्टमा कोभिड-१९ विरुद्धको खोप प्रभावकारी देखिएको छैन । तर, युके भेरियन्टमा खोप केही प्रभावकारी देखिएको छ ।

के हो भारतीय डबल म्युटेन्ट भेरियन्ट ?

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सो भेरियन्टको भाइरस पत्ता लागेको हो । यो भेरियन्टलाई वैज्ञानिक भाषामा (बी.१.६१७) भनिन्छ  ।

यो भेरियन्ट भारतमा देखिएपनि बेलायतसम्म पुगेको  छ। भारतीय भेरियन्टकाे भाइरसबाट बेलायतमा १ सय बढि व्यक्ति संक्रमित भइसकेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताले दुई वटा म्युटेशन भएको भाइरस भेटे जसको नाम डबल म्युटेन्ट राखियो । म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन हुने प्रकृतिको भाइरस हो ।

भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ । अहिले भेटिएका भाइरसमा ई४८४क्यू र एल४५२ आर छ । अर्थात् दुई ठाउँमा नम्बर परिवर्तन भयो । यसलाई सामान्यतया भाइरसको परिवर्तित स्वरुप भनिन्छ । जुन दुई ठाउँमा देखियो भन्न मिल्छ ।

भारतीय डबल म्युटेन्ट भेरियन्टले कस्तो असर गर्छ ?

डा. पुनका अनुसार भारतीय भेरियन्टको भाइरसले संक्रमितमा कडा असर गर्छ । रोग प्रतिरोधात्मक क्षमता धेरै मात्रामा घटाउँछ । ‘यो भेरियन्टमा रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने गुण छ, बढि संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता यो भाइरसमा देखिएकाे छ’ – डा पुनले भन्नुभयो ।

‘नेपालकै सन्दर्भमा हेर्ने हाे भनेपनि भारतीय भेरियन्टको भाइरस देखिएका व्यक्तिमा कोरोना खोपले जति मात्रामा असर गर्नुपर्ने थियो गरेन’– पुनको भनाइ छ । भारतीय भेरियन्टमा खाेप प्रभावकारी नदेखिएकाले नेपालका लागि भारतीय भेरियन्ट चुनाैतीपूर्ण बनेकाे डा‍. पुन बताउनुहुन्छ ।

तर युके भेरियन्टको भाइरस देखिएका व्यक्तिमा भने कोरोनाविरुद्धको खोपले राम्रै प्रभाव पारेको उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !