साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेता
प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार २०:५८
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ ।
दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
नेपालविरुद्ध बङ्गलादेशका मोनिका चक्माले खेलको ५१ औँ मिनेटमा गोल गरेको थियो । त्यसको चार मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई बराबरीमा फर्काउनुभएको थियो ।
खेलको ८१ औँ मिनेटमा रितु चक्माले गोल गर्दै बङ्गलादेशले दोस्रो पटक अग्रता लिएको थियो । सोही गोलले बङ्गलादेशलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जिताएको हो । नेपाल भने छैटौँ पटक उपविजेतामा सीमित भएको छ ।
113
Shares