१५ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

प्रकाशित मिति :  १५ कार्तिक २०८१, बिहीबार ०९:१४


काठमाडौँ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उहाँले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिनुभएको छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएको देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँको सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ  ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्त्वपूर्ण योगदान रहेको छ ।

विसं २०१६ मा देवकोटा शिक्षा तथा स्वायत्त शासन मन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँ शिक्षामन्त्री हुँदा व्यवस्था गरिएको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !