९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तिहार पशुपन्छी र मानिसको सम्बन्ध, दाजु–भाइ दिदी–बहिनीको स्नेह सम्झाउने पर्व : प्रधानमन्त्री

प्रकाशित मिति :  १५ कार्तिक २०८१, बिहीबार ०९:१५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार दाजुभाइ दिदीबहिनी बिचको सम्बन्ध बढाउने पर्व मात्र नभएर मानिस र पशुपन्छी बिचको सम्बन्ध पनि बढाउने पर्व भएको बताउनुभएको छ ।

दीपावलीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस पर्वले पशुपन्छी र मानिसको सम्बन्धलाई पनि बढाउने उल्लेख गर्नुभएको छ । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरेपछि भाइटिका लगाइने भएकोले प्रधानमन्त्रीले यो पर्वलाई मानिस पशुपन्छीको पनि सम्बन्ध बढाउने पर्व भनि उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्रीले तिहारलाई दीपको उज्यालो र फूलको सुगन्धको पर्वको रूपमा टिप्पणी गर्नुभएको छ । ‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

प्रधानमन्त्रीले शुभकामना दिँदै लेख्नु भएको छ– ‘यसले पशुपन्छी र मानिसको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउँछ, आज तिहारको लक्ष्मीपूजा, सबैको घर–आँगन उज्यालो होस्, सबैको परिवारमा सुख शान्ति छाओस्, शुभकामना ।’


226
Shares

प्रतिक्रिया दिनुहोस !