एमाले चन्द्रागिरी नगर कमिटी कार्यालय कृष्णगोपाल श्रेष्ठद्वारा उदघाटन
-बामदेव भट्ट
काठमाडाैं । नेकपा (एमाले) चन्द्रागिरी नगर कमिटीको कार्यालय उदघाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उदघाटन गर्नुभयो ।
चन्द्रागिरी –१२ बलम्बु स्थित कार्यालय उदघाटन गर्दै स्थायी कमिटी सदस्य श्रेष्ठले अब एमाले चन्द्रागिरी नगरको १५ वटै वडाको काम सोही कार्यालयबाट हुने बताउनुभयो । आगामी निर्वाचन मिसन ८४ मा एमालेलाई चन्द्रागिरीमा स्थापित गर्नेगरी काम गर्न उहाँले पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेता श्रेष्ठले दीपावली, नेपालसम्बत, छठ, महपूजाको अवसरमा सबैलाई शुभकामना समेत दिनुभयो ।
एमाले चन्द्रागिरी नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्य आनन्द पोखरेल, बागमती प्रदेश सांसद केशव पोखरेल, विन्दु श्रेष्ठ, एमालेका नेताहरु काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौला सचीव राजेश शाक्य, लगायत नेताहरु डा.अजय शाक्या (क्रान्ति ) सन्तोष खड्का, हरिशरण थापा, बेलीमाया घले, लेमन श्रेष्ठ लगायतको सहभागिता थियो ।
कार्यालय उदघाटनपछि दीपावली, नेपाल सम्बत, महपूजाको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष राउतले नेपालीको महान पर्वको अवसरमा सबैमा एकता कायम गर्ने सन्देश दिनका लागि चियापानको कार्यक्रम आयोजना गरिएको समेत जानकारी दिनुभयो ।