७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हङकङ सुपर सिक्सेसमा अष्ट्रेलियामाथि शानदार जित निकाल्दै नेपाल समूह विजेता

प्रकाशित मिति :  १७ कार्तिक २०८१, शनिबार १०:२०


काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै शानदार जित निकालेको छ ।

नेपालले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।

अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक÷एक विकेट लिए ।

त्यसअघि नेपालले अस्ट्रेलियालाई १ सय १२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरेका थिए ।

१६ बल खेलेका जोराले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भएका थिए । त्यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए । अष्ट्रेलियका ज्याक हुडले दुई विकेट लिए । पहिलो खेलमा नेपालले इ्ङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !