नलगाड नगरको उप प्रमुख स्व. सरिता सिहंको अर्धकदको शालिक निमार्ण
जाजरकोट । जाजरकोट भुकम्पमा परि ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिहंको सालिक निर्माण भएको छ ।
०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भुकम्पमा परि उपप्रमुख सिंहको ज्यान गएको थियो ।
उहाँको सम्झनामा परिवारले परिवारको निजि खर्चमा अर्धकदको सालिक निर्माण गरेको हो ।
परिवारिक सदस्यहरुका अनुसार सालिक र सालिक स्थल निर्माण गर्न ३ लाख भन्दा बढी खर्च भैसकेको छ भने अझै सालिक रहेको स्थानको सुरक्षाको लागि घेरावारलगायतको काम बाँकी रहेका्े छ ।
अहिले परिवारले आफ्नै खर्चमा सालिक निर्माण गरेको र नगरपालिकाले खर्च उपलब्ध गराउने आश्वासन दिए पनि आधिकारिक निर्णय भने नभएको पारिवारीक स्रोतले बताएको छ ।
सालिकको स्थापना तथा अनवरण कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका पार्टी सभापती एबं जाजरकोट जिल्लाका कर्णाली प्रदेश सांसद बेदराज सिंहको प्रमुख अथित्यता भएको थियो ।
उक्त कार्यक्रमा बोल्ने बक्ता लगायत सांसद सिंहले सरिता सिहं अति मिलनसार, सहनशील, बिकास प्रेमी र जनताको हितमा काम गर्ने व्यक्ति भएको टिप्पणी गर्नुभएको थियो । त्यस्तै सरिता सिंह नेपाली काँग्रेसबाट निर्वाचिती प्रतिनिधि भए पनि जनताको काम गर्न यो पार्टी र त्यो पर्टी नभनी सम्पूर्ण जनतामा विभेद रहित समान ब्यबहार गर्ने स्वभाव रहेको भन्दै अब यहि मंसिर १६ गते हुने उप निर्वाचनबाट आउने प्रतिनिधिले समेत स्वर्गीय सरिताको ब्यबहारको अनुसरण गर्नु पर्ने धारणा राखेका थिए।