२२ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वकप विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्यान्डले अङ्क बाँडे

प्रकाशित मिति :  २० कार्तिक २०८१, मंगलवार १०:००


काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ ।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । खेल रोकिएपछि अङ्क बाँडिएको हो ।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

स्कटल्यान्डसँगको एक अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा तीन अङ्क जोडेको छ । डिभिजन–२ को अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको नौ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !