काठमाडौं–१६ मा एमालेबाट लक्ष्मीरत्न तुलाधर वडाध्यक्षको उम्मेदवार बन्दै
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १०:५२
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।
मंगलबार बसेको महानगर वडा कमिटी बैठकले तुलाधरलाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले तुलाधरको एकल नाम सिफारिस भएको जानकारी दिनुभयो । एकल नाम सिफारिस भएकोले तुलाधर उम्मेदवार बन्ने निश्चित भएको छ । आगामी मङ्सिर १६ गते सो वडामा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुँदै छ ।
गतको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि काठमाडौं १६ मा उपनिर्वाचन हुन लागेको हो ।
तुलाधर यसअघि २०७९ को निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बन्नुभएको थियो । निर्वाचनमा उहाँले रिजालसँग थोरै मतान्तरले पराजित हुनुभएको थियो ।
339
Shares