८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार १४:३४


काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं बाहिर रहेकाले स्थगित भएको हो ।

अध्यक्ष दाहाल मकवानपुरको कार्यक्रममा व्यस्त भएकाले आजको बैठक भोलि बिहानको लागि सारिएको छ । बैठक अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने भएको छ ।

बैठकमा आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने कार्यक्रम थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !