८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले आज कोप–२० शिखर सम्मेलनलाई सम्बोधन गर्ने

प्रकाशित मिति :  २७ कार्तिक २०८१, मंगलवार १०:०४


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २० औँ शिखर सम्मेलन (कोप–२०) लाई सम्बोधन गर्नुहुने भएको छ ।

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्व गरेको टोली अजरबैजान पुगिसकेको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सहितको टोली सोमबार अजबैजानको बाकु पुगेको हो ।

सम्मेलन सोमबारबाट सुरु भएको हो । राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बुधबार उच्चस्तरीय सत्र सञ्चालन गर्ने छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक सो सत्रमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ ।

सम्मेलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट उत्पन्न समस्या ध्यानाकर्षण गराउँदै सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह गरिनेछ । जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयनका प्रयासका विषयमा नेपालले विश्व मञ्चमा ध्यानाकर्षण गराउने छ ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका नेताहरू संलग्न छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !