प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीकाे ज्ञापनपत्र
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १३:४४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा जुम्लाका सांसद् ज्ञानबहादुर ज्ञानेन्द्र शाहीले १० बुँदे ज्ञापनपत्र बुझाउनुभएकाे छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह र सिनेट बैठक लगायत कार्यक्रममा सहभागी हुन जुम्ला पुग्नुभएका प्रधानमन्त्री ओलीलाई सांसद् शाहीले बुधबार ज्ञापनपत्र बुझाउनुभएकाे हाे ।
शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक नियुक्ति रोक्न र व्यवस्थित सञ्चालनको व्यवस्था मिलाउन लगायत माग ज्ञापनपत्रमार्फत गर्नुभएकाे छ ।
226
Shares