२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि सिधिए रास्वपा सिधिने निश्चित

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार १५:०७


काठमाडौं । अहिले रास्वपाका नेता कार्यकर्ताहरूले सडकमा सामाजिक सञ्जालमा अस्वभाविक हर्कत गरिरहेका छन् । आफ्नो पार्टीको सभापति छुटाउन उनीहरूले जुन हर्कत गरिरहेका छन् त्यो हर्कत पुरै अस्वभाविक नै देखिन्छ ।

रास्वपाका सभापति रवि लामिछाने अहिले हिरासतमा हुनुहुन्छ । उहाँलाई अहिले सहकारी ठगीको आरोप लागेको छ । रवि लामिछानेलाई आरोप मात्र लागेको हो । उहाँ सहकारी ठगी प्रकरणमा दोषी ठहर भैसक्नु भएको भने छैन । भोलिको दिनमा उहाँ निर्दोष पनि हुन सक्नु हुन्छ । तर दोषी पनि प्रमाणित हुन सक्नुहुन्छ । त्यो अदालतको कुरा हो । विधिको शासन मान्ने हामी नेपाली जनताले अदालतको निर्णय मान्ने पर्छ ।

जो कोहीले हेर्दा पनि रवि, जिवि र छवि मालिक भएको गोर्खा मिडिया कम्पनीले सहकारीको रुपैयाँ पैसा अपचलन गरेको पाइन्छ । तर रवि लामिछानेले मेरो यो सहकारी ठगीमा कुनै सङ्लनका नभएको भन्दै बताउदैन आउनु भएको छ । तर यो केजो भन्ने कुरा अदालतले नै प्रमाणित गर्दै जान्छ । रविले मात्र नभएर रवि लामिछानेको पार्टीका कार्यकर्ताहरूले पनि आफ्नु पार्टीको सभापतिको बचाउ गर्दै आईरहेका छन् ।

अहिले रवि लामिछानेलाई बयानको लागि रूपन्देही लगिएको छ । उहाँको बयानको काम कारवाही सुरु पनि भइसकेको छ । तर यता उहाँका पार्टीका नेता कार्यकर्ताहरूले विभिन्न वहान बनाएर आन्दोलन गरिराखेका छन् । अहिले रास्वपाका नेता कार्यकर्ताहरुले सडकमा मात्र आन्दोलन नगरेर समाजिक सञ्जालमा पनि आन्दोलन गरिराखेका छन् ।

रास्वपाको आन्दोलनको औचित्य

धेरैलाई लाग्न सक्छ रास्वापाको आन्दोलनको औचित्य के हो त भन्ने । तर रास्वपाको नेताको आन्दोलनको अहिलेको परिस्थितिमा कुनै औचित्य भने देखिदैन । किनभने रास्वपाको आन्दोलन देशको विकृति विसङ्गति विरुद्धको आन्दोलन नभएर नितान्त रास्वपाको स्वार्थको आन्दोलन हो । देशमा भएको विकृति  विसङ्गतिको विरुद्धको आन्दोलन रास्वापको भएको भए अहिलेको रास्वपाको आन्दोलनको औचित्य रहन्थ्यो । तर अहिलेको परिस्थितिमा अहिलेको आन्दोलनको कुनै औचित्य नहुनुको साथै यो रास्वापाको लागि घातक आन्दोलन हुने निस्चित देखिन्छ ।

जसले सहकारी ठगे पनि धेरै नेपाली जनता सहकारी ठगीको मारमा परेका छन् । ऊनीहरू रवि, जिवी सिवि जो थुनामा परेपनि नपरेपनि आफ्नो वचतको चासो र चिन्ता छ । उनीहरूले वेला वखतमा आन्दोलन समेत गरेका छन् । यस्तो अवस्थामा रास्वपाका नेता कार्यकर्ताले रविको बचाउ गरेर आन्दोलन गर्नु भनेको सो आन्दोलनको कुनै औचित्य नभएको प्रष्ट हुन्छ ।

भोलिको रास्वपा

आज जुन हर्कत रास्वपाले गरिरहेको छ त्यसले भोलिको रास्वपाको बाटो पनि प्रष्ट देखाउछ । यसले भोलिको रास्वपाले ठगहरूको बचाउ गर्ने पनि निश्चित देखाउछ । पार्टी भनेको देश र  जनतको काम गर्नको लागि हुनु पर्छ । कसैको चकारी गर्नको लागि पार्टी हुनुहुँदैन । ठगको बचाउको लागि पार्टी हुनुहुँदैन तसर्थ आज जुनबाटो रास्वपाले लिएको छ त्यसले भोलिको रास्वपाको सिधिने निश्चित देखिन्छ ।

हिजो जुन बाटो समातेर रास्वपा उदाएको थियो अहिले त्यो बाटो रास्वपाले छोडिसकेको अबस्था छ । जनताको मुद्दामा रास्वपाको साथ र समर्थन शून्य देखिएको छ । हिजो जुन भिजन लिएर रास्वपा उदाएको थियो । पार्टी बनेको थियो । हिजोको रास्वपाको भिजन सबै सकिएर अहिले रास्वपा व्यक्ति केन्द्रीत राजनीतिमा आएको छ । सोही कारण अहिले पार्टीको मुल्य मन्यता भन्दा पनि व्यक्ति रबि लामिछाने पछि रास्वपा लागेको छ । तसर्थ भोलिको रास्वपा हिजोको रास्वपा नहुने पनि प्रष्ट देखिन्छ ।

के रवि सिधिए रास्वपा सिधिन्छ त?

अहिलेको परिस्थित हेर्दा लाग्छ रवि लामिछाने सिधिना साथ रास्वपाको कुनै औचित्य नरही भोलिको दिनमा रास्वपा सिधिने प्रष्ट देखिन्छ । किनभने अहिले सिंगो पार्टी पार्टीको मूल्य मान्यतामा नहिँडी व्यक्तिको इसारामा हिडेको छ । जुन पार्टीको लागि ठूलो घातको कुरा हो । यसरी व्यक्तिको इसारामा हिडेको पार्टी कुनै व्यक्ति सिधिए पार्टीको औचित्य पनि समाप्त हुने निश्चित देखिन्छ ।

रास्वपाका रवि पछि आशालाग्दो नेताको रुपमा सोही पाटीका महामन्त्री मुकुल ढकाललाई लिने गरिन्थ्यो । मुकुल ढकाल रविको इसारामा नहिडेपछि रवि पावरमा रहदै मुकुललाई पार्टीबा गहल्यात्याएर निकालेका थिए । त्यस पछिको पार्टीकाने आशालाग्दो नेताको रुपमा रास्वपाका नेता कार्यकर्ताले लिएका थिए स्वणिम वाग्लेलाई । उहाँलाई रास्वपाले उपसभापतिको पदा दिएर नेपाली काँग्रेसबाट लगेको थियो । तर उहाँ पनि पार्टी हाक्ने कुरामा पुरै असफल भएको देखिन्छ । बरु आफ्नै पार्टीका अर्का उपसभापति डिपि अर्याल सँग घम्सा घम्सीकै उहाँको दिनचर्या वितेको प्रष्ट हुन्छ ।

अर्का पार्टीका आशलाग्दो नेतृको रुपामा चिनिएकी हालको उपसभामुख इन्दिरा राना उहाँलाई पनि मानव वेचविखनको आरोप लागेको छ । अरु रास्वपाका नेता भनेको नखारिएको नौनी घ्यु जस्ता छन् । उनीहरु विवेक प्रयोग गर्ने वेलामा धेरै चिप्लीएको पाइन्छ । सोही कारण उनीहरुबाट रास्वपाकै कार्यकताले पनि आशा मार्न थालि सकेको बुझिन्छ । अहिले जति नेता कार्यकर्ता रास्वपाका छन् उनीहरु गलतलाई गलत र सहीलाई सही भन्न नसक्ने खालका छन् । सोही कारण उनीहरुले अहिले गलत मन्छेको बचाउ गरिरहेको देखिन्छ । सोही कारण पनि अब यदी रास्वपाका रवि लामिछाने निर्दोष भएर नफिर्कने हो भने रविको पाटी रास्वपाको भोलिको दिनमा रास्वपा पाटी निश्चित सिधिने देखिन्छ ।

 

 

 

 


3.6k
Shares

प्रतिक्रिया दिनुहोस !