८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा संघले रसुवाका प्रजिअलाई बुझायाे ज्ञापनपत्र, केरुङ नाकामा पास दुरुपयाेग राेक्न माग

प्रकाशित मिति :  २८ कार्तिक २०८१, बुधबार १७:००


काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले रसुवाका प्रमुख जिल्ला अधिकारीलाई ८ बुँदे ज्ञापनपत्र बुझाएकाे छ ।

युवा संघले बुधबार जिल्ला प्रशासन कार्यालय रसुवा पुगेर प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललाई केरुङ अन्तर्राष्ट्रिय नाकाबाट चीन प्रवेश पास दुरुपयाेग राेक्न लगायत मागसहित ज्ञापनपत्र बुझाएकाे हाे ।

स्थानीय जिल्लाबासीलाई मात्र दिइने पास अख्तियारकाे दुरुपयाेग गरी जिल्लाबासी बाहेकलाई पनि धेरै वितरण गरी भ्रष्टाचार गरिरहेकाे पाइएकाे भन्दै युवा संघले प्रमाणबिना फर्सी चीन प्रवेश पास वितरण गर्ने कार्य तत्काल राेक्न माग गरेकाे छ । पैसा नदिइ फर्जी पास बनाइदिनेहरुमाथि छानबिन गरी दाेषी उपर तत्काल कारबाही गर्नुपर्ने युवा संघकाे माग छ ।

रसुवा बाहिरका नागरिकलाई वितरण गरिएका पास नविकरण गर्ने कार्य पूर्ण रुपमा बन्द गर्न पनि युवा संघले माग गरेकाे छ । रसुवा बाहिरका नागरिकले केरुङ पास लिनुपर्ने भए आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने युवा संघकाे माग छ । ‘यदि रसुवा जिल्ला बाहिरका नागरिकले केरुङ पास लिने नै हाे भने बसाइसराइँकाे साथमा बत्तीकाे बिल, पानीकाे बिल तिरेकाे र भाेटिङ लिस्ट रसुवामा स्थानान्तरण गरियाेस्’- ज्ञापनपत्रका लेखिएकाे छ ।

जिल्ला बाहिरका सबै व्यवसायी र यातायात मजदूरलाई ढुक्कसँग निर्वाध आवतजावतका लागि छुट्टै चीन प्रवेश पासकाे व्यवस्था गरिदिन पनि युवा संघले माग गरेकाे छ ।

ज्ञापनपत्र बुझाएलगत्तै युवा संघकाे टाेलीले प्रजिअ पाैडेललाई स्वागत पनि गरेकाे थियाे ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !