९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिडिया खेती बाहेक माधव गुटसँग उपाय छैन– दामोदर भण्डारी

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार १०:४१


 

काठमाडौं । ‘नेकपाएमालेलाई ध्वस्त पार्ने माधवकुमार नेपालको अभियानलाईपार्टी अध्यक्ष केपी शर्मा ओलीले सफल हुन दिनुभएन, त्यसैले माधव गुटले छिट्टै नयाँ पार्टी खोल्दैछ’–प्रतिनिधि सभामा एमालेकासांसद् दामोदर भण्डारीको विष्लेशण हो ।

माधव नेपालहरुलाई एमालेको इतिहासभन्दा जनयुद्धको इतिहासलाई प्यारो लाग्न थालेको भन्दै उहाँले भन्नुभयो– ‘पूरै लभ परिसकेको छ, उहाँहरु छुट्टिनै नसक्ने अवस्थामा पुग्नुभएको छ ।’

प्रचण्ड र माधव केही समयका लागि एउटा सिक्काको दुईटा पाटा भएको दावी गर्दै दामोदरले भन्नुभयो– ‘सिधै माओवादीमा प्रवेश गर्न उहाँहरुलाई लाज लाग्छ, त्यसो गर्दा जनतामा भ्रम दिन पनि सकिँदैन । त्यसैले पहिलो चरणमा बेग्लै पार्टी खोलेको नाटक गर्नुहुन्छ, त्यसपछि एकीकरण गरेको घोषणा गर्नुहुन्छ । हुने यही हो ।’

माधवले प्रचण्डसँग मिलेर एमाले सिध्याउन निकै प्रयास गर्नुभएको, झण्डैझण्डै सफल पनि हुनुभएको तर अन्तिममा हार्नुभएको विष्लेशण सुनाउँदै दामोदरले भन्नुभयो– ‘माधवले एमालेलाई मारिसक्नुभएको थियो । उहाँले दुई दशकदेखि निरन्तर एमालेको घाँटी निमोठ्दै आउनुभएको थियो । तैपनि मार्न सक्नुभएको थिएन । त्यसैले प्रचण्डको साथ लिएर एमालेको हत्या गर्न खोज्नुभएको थियो । हामीले माधव र प्रचण्डको हातबाट एमालेको हत्या हुन दिएनौं, एमालेलाई बचाएका छौं, पहिले भन्दा बलियो र संगठित बनाएका छौं’– भण्डारीले भन्नुभयो ।

‘अब अदालत गएर केही हुनेवाला छैन, हिम्मत छ भने उहाँहरुले जनअदालत जानुपर्छ । जनअदालत भनेको चुनाव हो । चुनावमा उहाँहरुले एक सिट ल्याउने त कुरै छाडौं, २६५ निर्वाचन क्षेत्रमा एक क्षेत्रमा पनि जमानत बचाउन सक्नुहुन्न । नयाँ पार्टी खोलेर मिडियाखेती गर्ने बाहेक उहाँहरुसँग अब कुनै उपाय छैन’– भण्डारीले दावी गर्नुभयो ।

माधव गुटले एमालेको हत्या गर्न अझै निरन्तर प्रयास जारी रहने विष्लेशण सुनाउँदै भन्नुभयो– ‘अहिलेका लागि उहाँहरुको दुईटा उद्देश्य छ– जसरी पनि चुनाव हुन नदिने र माओवादी केन्द्रमा प्रवेश गरिछाड्ने ।’

माधव गुटको उद्देश्य क्लियर भइसकेको दावी गर्दै दामोदरले अबको बाटो बताउनुभयो– ‘एमालेको खोल ओढेर एमालेलाई नै सखाप पार्न खोज्नेहरु असफल भएका छन् । उनीहरुको भण्डाफोर भइसकेको छ ।

अब उनीहरुले आफैं सर्लक्क पार्टी छाडेर जानु राम्रो हुन्छ । त्यसो गर्दैनन् भने तुरुन्त पार्टीबाट हटाउनुपर्छ ।’माधव गुटले नयाँ पार्टी खोलेमा या माओवादी प्रवेश गरेमा एमाले शुद्ध बन्ने उहाँले बताउनुभयो ।

‘माधव नेपाल लगायतका नेताहरु माओवादीमा जानुभयो भने देशभरबाट दुईचार सय कार्यकर्ता पनि सँगै जान्छन्, त्यसो भयो भने पार्टी शुद्धिकरणलाई सघाउ पुग्ने थियो’– दामोदरको दावी छ ।

– आइएनए न्यज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !