मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २-० ले हरायाे
प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार ११:१३
काठमाडौं । दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको दुसान्बे सेन्ट्रल स्टेडियममा शनिबार साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले पराजित गरेकाे हाे ।
पहिलो हाफ गाे रहित बराबरीमा सकिएकाे खेलमा नेपालले दुवै गाेल दाेस्राे हाफमा गरेकाे थियाे । नेपालकाे जितमा मनीष डाँगीले खेलकाे ४६औं मिनेट र रोहित चन्दले खेलको ७८औं मिनेटमा गाेल गरे ।
नेपाल कात्तिक २८ गते भएकाे पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो ।
113
Shares