संघीय संसद्का दुईवटा विषयगत समितिका बैठक बस्दै
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०८:५१
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई वटा समितिका बैठक बस्दै छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १२:३० बजे बस्दै छ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बिहान ११ः४५ बजे बस्ने छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ । छलफलका लागि कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको छ ।
113
Shares