३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व सभामुख ढुंगानाकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै, आजै अन्त्येष्टि

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार ०८:५७


काठमाडाैं । पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

\सानो गौचरनमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने परिवारले जनाएकाे छ । ढुंगानाको अन्त्येष्टिकाे समयमा दिइने सम्मानसम्बन्धी निर्णय गर्न आजै बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सानो गौचरनमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !