सर्वाेच्च पुग्याे माधव गुट
काठमाडाैं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालकाे गुट सर्वाेच्च अदालत पुगेकाे छ ।
एमालेले आफ्नाे गुटमा सांसद्लाई स्पष्टिकरण साेधेकाे र कारबाही गर्न लागेकाे भन्दै माधव गुटले सर्वाेच्च अदालतमा निवेदन बुझाएकाे छ । प्रतिषेधको आदेश जारी गरीपाउँ भन्दै वकिलहरुमार्फत सर्वाेच्चमा निवेदन दिइएकाे साे गुटका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।
‘हामीले निवेदन लेखेर वकिलमार्फत पठाएका छाैं, सर्वाेच्चले दर्ता गर्याे कि गरेन भन्ने अझै खबर आएकाे छैन’- पाण्डेले भन्नुभयाे । निवेदनमा एमालेलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्काउँनुपर्ने, ०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको ०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन हुनुपर्ने, साेही अवस्थाका कमिटीहरु ब्युँताउनुपर्ने लगायत विषय उल्लेख गरिएकाे उहाँले बताउनुभयाे ।
निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।
-आइएनए न्युज एजेन्सी