६ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीपी राजमार्गको धुलिखेल-वर्षेखोला सडकमा राति गाडी चलाउन नपाउने

प्रकाशित मिति :  ६ मंसिर २०८१, बिहीबार ०८:५१


काठमाडाैं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा गाडी चलाउन नपाइने भएकाे छ ।

बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्षेखोलासम्म मंसिर ५ गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले सूचनामार्फत जानकारी दिएकाे छ ।

धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको भन्दै कार्यालयले राति ७ घण्टा सवारी साधन सञ्चालनमा राेक लगाइएकाे जनाएकाे छ ।

गत असोज ११ र १२ गते आएकाे अविरल बर्षापछिकाे बाढी-पहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोक समेत कायमै छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !