एमाले तेह्रथुममा नयाँ नेतृत्व, अध्यक्षमा शिव ढुंगाना
काठमाडाैं । तेह्रथुममा एमालेकाे नयाँ नेतृत्व चयन भएकाे छ ।
एमाले तेह्रथुमको १२औं जिल्ला अधिवेशनले शिव ढुंगानाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे हाे ।
अधिवेशनबाट उपाध्यक्षमा सन्तोष तिगेला, सचिवमा तारामान मादेन, उपसचिवमा यादव बहादुर खापुंग र तारा ढकाल निर्वाचित हुनुभएकाे छ ।
ढुंगाना २ सय ३६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी गोविन्दराज श्रेष्ठले २ सय ४ मत पाउनुभयाे । तिगेला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयाे ।
मादेन २ सय २८ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी छत्र रिमालले २ सय २ मत मात्र पाउनुभयाे । उपसचिवमा खापुङ २ सय २० मत ल्याएर विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिष्पर्धी अर्जुन ढुंगानाले २ सय ८ मत पाउनुभयाे । ढकाल १ सय ७५ मत ल्याएर महिला उपसचिवमा निर्वाचित हुनुभयाे ।
जिल्ला सदरमुकाममा जारी अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरिएपनि अध्यक्षका प्रत्यासीहरु श्रेष्ठ र ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएकाे हाे ।