मेहताको ज्यान लिने गाडी विएण्डसी अस्पतालको नाममा, पीडित सग कागज गर्ने सप्तकोसी न्युरो अस्पताल
काठमाडौं । वाग्मती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते कोशी गाउँपालिका का ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार विराटनगरको नोवेल अस्पतालमा निधन भएको छ ।
उक्त वाग्मती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडी दुर्गा प्रसईंको अस्पताल विएण्डसी को नामको भएको समेत खुलेको छ ।
दुर्गा प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा मेहतासँगै २ जना घाइते भएका थिए । ठक्कर दिएसँगै केही सामान्या मेलमिलाप गरेर प्रसाई सवार गाडी राैतहट गएकाे थियाे । राैतहटमा दुर्गा प्रासाईकाे कार्यक्रम थियाे ।
दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि तत्काल भोक्राहा नरसिंहस्थित सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ १० दिन बस्दा पनि मेहेताको अवस्थामा सुधार नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो ।
मेहताको ज्यान लिने गरि दुर्घटना गराउने गाडी नबिल बैंकको नाममा रहेको र त्यसमा ऋणीमा विएण्डसी अस्पताल रहेको छ ।
अहिले दुर्गा प्रसाईं प्रहरीको हिरासतमा हुनुहुन्छ । उहाँलाई अन्य विषयमा प्रहरीले पक्राउ गरेको हो ।
चालक सन्तोष चौधरीलाई भने प्रहरीले पक्राउ गरेको छ । यता गाडीले ठक्कर दिएर शुक्रबार निधन भएको मेहताको विषयमा विएण्डसी अस्पताल पुरै मौन बनेको छ भने पहिला भर्ना भएर राखिएको सप्तकोसी न्युरो अस्पतालले भने अहिले पीडित पक्ष सँग सम्झौता गरेको छ ।
पीडित पक्षले सप्तकोसी न्युरो अस्पतालको लापरवाहीले गर्दा ज्यान गएको भनेर आन्दोलन गरेपछि अस्पतालले सो सम्झौता गरेको बुझिएको छ ।
तर सम्झौतामा इन्सुरेन्सबाट आएको पाँच लाख सहित १३ लाख दिने भनेर लेखिएको छ । उक्त इन्सुरेन्सको पाँच लाख कसले दावी गरेर दिने भन्नेमा कुरा स्पष्ट भएको छैन ।
यस विषयमा विएण्डसी अस्पतालकाे केही कुरा भने आएको छैन ।
अस्पताल सँग गरेको सम्झौता यस्तो छ: