सुनको मूल्य दुई हजार छ सयले घट्यो
प्रकाशित मिति : 26 November, 2024 11:46 am
काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।
आज सुन प्रतितोला दुई हजार छ सय रुपैयाँले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैयाँ कायम भएको छ ।
-रासस
226
Shares











