अनेरास्ववियु बझाङमा नयाँ नेतृत्व
प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १०:३७
काठमाडौैं । अनेरास्ववियु बझाङमा नयाँ नेतृत्व चयन भएको छ ।
अनेरास्ववियु बझाङको १३ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले रूपक धामीको अध्यक्षतामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ ।
नवनिर्वाचित जिल्ला कमिटी उपाध्यक्षमा लक्ष्मण गिरी र अञ्जना बोहरा रहनुभएको छ । त्यसतै सचिवमा दिलीप अधिकारी निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानु थापा र राजेश कार्कीलाई चुनेको छ । कोषाध्यक्षमा भने सुरेश जोशी निर्वाचित हुनुभएको छ ।
113
Shares