दुई वर्षभित्र एमालेको मुख्यालय यस्तो बन्ने
काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुमा पार्टीको अत्याधुनिक भवन बनाउने भएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कार्यालयको नयाँ निर्माण हुने भवन शिलान्यास गर्नुभएको हो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर कार्यालय भवन शिलान्यास गरिएको हो ।
विगतमा एमालेको कार्यालय बल्खुमै थियो । ०७२ को भूकम्पले भवनमा क्षति पुगेपछि धुम्बाराहीमा कार्यालय सारिएको थियो । आजबाट भने एमालेको कार्यालय माइतीघरबाट सञ्चालन हुँदैछ ।
शिलान्यास गर्दै अध्यक्ष ओलीले अहिले आठ रोपनी जति जमिन भएको तर त्यो पर्याप्त नभएको बताउनुभयो । जमिन थपेर ठूलो कम्पाउण्ड बनाउने, जमिन पाइएन भने अहिले भएकै जमिनमा भवन बनाइने बताउनुभयो ।
नयाँ भवन दुई वर्षभित्र बनाइसक्ने जानकारी दिँदै उहाँले बल्खुको जमिन र कार्यालयसँग एमालेको भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।
-आइएनए न्युज एजेन्सी