बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई विद्युत प्राधिकरणकाे पत्र
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १०:१६
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगको खाता रोक्का गर्न बुधबार राष्ट्र बैंकलाई पत्राचार गर्नुभएकाे हाे । नेपाल सरकारको कात्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार खाता राेक्काका लागि पत्र लेखिएकाे पत्रमा उल्लेख छ ।
उद्याेगीहरुले तिर्नुपर्ने महशुल बक्याैता रकमकाे विवरण पनि प्राधिकरणले राष्ट्र बैंकलाई पठाएकाे छ ।
113
Shares