१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछानेलाई आज चितवन लगिँदै

प्रकाशित मिति :  १८ मंसिर २०८१, मंगलवार १०:१४


काठमाडाैं । सहकारी ठगी काण्डमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिने भएको छ ।

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानका लागि काठमाडौंबाट चितवनमा लैजान लागिएकाे हाे ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई २ दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याइएकाेमा हिजो मंगलबार बयान सकिएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !