९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई माधवको जवाफ – कर्णालीमा मेरो निर्देशन गुटगत द‍‍‍‍ृष्‍टिकाे परिणाम

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०९:५८


काठमाडौं । एमालेका निलम्बित नेता माधवकुमार नेपालले पुरानै कुरा समेटेर पार्टीलाई स्पष्टिकरण बुझाउनु भएको छ ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाउनुभएको जवाफमा माधवले यसअघि दिएकै स्पष्टिकरण दोहोर्.याउनु भएको छ । आफूहरुले नभइ अध्यक्ष ओलीले नै गुटगत राजनीति गर्नुभएको गम्भीर आरोप माधवले लगाउनु भएको छ ।

आफूहरुले नयाँ दल खोल्न लागेको भन्ने आरोप झुठो भएको उल्लेख गर्दै माधवले स्पष्टिकरणको जवाफी पत्रमा लेख्नुभएको छ – ‘नयाँ राजनीति दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको छैन, त्यसका लागि कुनै आधार तयार गरेको पनि छैन ।’ कर्णाली घटनामा आफूलाई मुछेकोमा असन्तुष्टि जनाउँदै उहाँले लेख्नुभएको छ – ‘कर्णालीमा मेरो निर्देशन देख्नु तपाईंको गुटगत द‍‍‍‍ृष्‍टिकाे परिणाम हो ।’

पार्टी विधानको कुनै पनि धाराको व्यवस्थाविपरीत कुनै काम आफूबाट नभएको पनि माधवको दाबी छ । पार्टीको सिद्धान्त, नीति र कार्यक्रम तथा विधानको व्यवस्थाको प्रतिरक्षाका लागि आफूले काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

माधव गुटका  २७ प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेश सभा सदस्यलााई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो । माधव नेपाल, भीम रावल सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमालेले अन्तिम स्पष्टिकरण सोधेको हो ।

चित्तबुझ्दो जवाफ दिए र गुटगत गतिविधि त्यागे पार्टीमा ठाउँ दिइने नत्र सधैका लागि निष्कासन गर्न सकिने चेतावनीसहित चार नेतालाई एमालले अन्तिम स्पष्टिकरण सोधेको हो ।

पार्टी हित विपरित काम गरेको भन्दै उहाँहरु चारै जनालाई एमालेले ६ महिनाका लागि पार्टीबाट निष्कासन गरिसकेको छ ।

 

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !