१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष लेजीबीच भेटवार्ता

प्रकाशित मिति :  १८ मंसिर २०८१, मंगलवार १६:४१


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएकाे छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र लेजीबीच मंगलबार दिउँसाे बेइजिङकाे ग्रेट हल अफ पिपलमा भेटवार्ता भएकाे हाे ।

उहाँहरुबीच नेपाल-चीन सम्बन्ध, आपसी हित र पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लेजी चिनियाँ राष्ट्रिय जनकांग्रेस (संसद्) का अध्यक्ष समेत हुनुहन्छ ।

आजै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी लि छ्याङसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !