नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ
प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ०९:४०
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष साहलाई हत्या आराेपमा बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेकाे हाे । साह यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपचुनावमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
कर्तव्य ज्यान मुद्दामा उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । साहमाथि दुई जनाको हत्या गरेकाे छ ।
उपचुनावमा डाक्नेश्वरीकाे वडा नम्बर-४ मा जसपा नेपालकै देवेन्द्र यादवले जित्नुभएकाे थियाे ।
452
Shares