यु-१९ महिला एसिया कप : नेपालकाे विजयी सुरुआत, पाकिस्तान ६ विकेटले पराजित
काठमाडौं । यु-१९ महिला एसिया कप क्रिकेट प्रतियाेगितामा नेपालले विजयी सुरुआत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा साेमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेकाे हाे ।
पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । उपकप्तान सोनी पाख्रिनले १३, सिमाना केसीले नटआउट १२, साना प्रविनले १० र सावित्री धामीले ८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएकाे थियाे । पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिषले नटआउट २९, रबिल फरहानले २३ र कप्तान जुफिशान अय्याजले १२ रन बनाइन् ।
बलिङतर्फ नेपालकी कप्तान पूजा महत्तोले २ विकेट लिइन् ।
जितसँगै नेपालले २ अंक जोडेको छ । लगातार दोस्रो हार ब्यहाेरेकाे पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।