३ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

प्रकाशित मिति :  ३ पुष २०८१, बुधबार १३:४६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूको भेट भएको हो । भेटमा राजदूत शम्सीले प्रधानमन्त्री ओलीलाई आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा दुई देशबिचको आपसी मित्रवत् सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विषय छलफल भएको थियो । भेटका अवसरमा दुई देशबिच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !