आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन-अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार बिहान आयाेजित समाराेहमा गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
समाराेहमा बोल्दै गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने विश्वास व्यक्त गर्नुभयाे । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा १ वर्षमा आत्महत्याको घटना ठूलो संख्या कम हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयाे ।
आत्महत्याको विषय गम्भीर भएको र तथ्यांक पनि डरलाग्दाे रहेकाे गृहमन्त्री लेखकले बताउनुभयाे । ‘प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु-डराउँछु, पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन्, जसमध्ये ११ जनाको मुत्यु भएको छ, बँचेका २६ जनाले जुन सुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ’- उहाँले भन्नुभयाे ।