१२ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

४४ देशका लागि संसदीय मैत्री समूह गठन, काे-काे ताेकिए संयाेजक ?

प्रकाशित मिति :  ११ पुष २०८१, बिहीबार १७:४५


काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा आयाेजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन ४४ देशका लागि संसदीय समिति बनाइएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।

मैत्री समूहका संयोजकहरूसँगकाे छलफलमा उहाँले ४१ वटा  मैत्री समूहको संयोजक तोकिएको र बाँकी ३ समूहकाे संयाेजक ताेक्न बाँकी रहेकाे जानकारी दिनुभयाे ।

सभामुख घिमिरेका अनुसार नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदी अरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल-अजरबैजान संसदीय दलको समूहको संयाेजकमा डा. अञ्जान शाक्य र नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लीलानाथ श्रेष्ठ हुनुहुन्छ ।

नेपाल-नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा.चन्दा कार्की र नेपाल-भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी, नेपाल-संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल-बेलायत संसदीय मैत्री समूहका संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहका संयोजकमा डा. नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ रहनुभएकाे सभामुख घिमिरेले जानकारी दिनुभयाे ।

२०७९ मंसिर ४ गते चुनाव भएको थियो । चुनाव भएको २ वर्षपछि मात्रै संसदीय मैत्री समूह गठन भएको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा छ । संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !