२० माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दीक्षित भए त्रिभुवन विश्वविद्यालयका १४ हजार ३०८ विद्यार्थी

प्रकाशित मिति :  १३ पुष २०८१, शनिबार १५:३२


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका १४ हजार ३ सय ८ जना विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित ५०औं दीक्षान्त समारोहमा  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

समाराेहमा स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पीएचडी) का १ सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत समेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन संकायका हीरा श्रेष्ठलाई प्रदान गरिएकाे छ ।

श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेले पाउनुभएकाे छ । अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौं मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाउनु भएको छ । शान्ति-नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह  र डा. दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी सम्मानित हुनुभएकाे छ ।

इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवर पुरस्कृत हुनुभएको छ ।

तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार अर्थशास्त्र केन्द्रीय विभागका छात्रा श्रीज्या काफ्लेले पाउनुभएको छ ।  शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले पाउनुभएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !