३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०९:१६


काठमाडौं । कोरोनाले थला परेको भारतको अवस्था अहिले अत्यन्तै  खराब छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ–नयाँ भेरियन्ट देखापरेपछि भारतका विभिन्न प्रान्तको अवस्था नियन्त्रण भन्दा बाहिर गएको छ ।

कोरोनाले नयाँ दिल्ली पनि निक्कै प्रभावित छ । दिल्लीमा देखिएका आधा बढी संक्रमितमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखा परेको त्यहाँको सरकारी निकायले जनाएका छन् । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (ल्ऋम्ऋ) भारतका प्रमुख डा. सुजित सिंहका अनुसार दुई साता अगाडिदेखिका नुमना परीक्षण गर्दा ५० प्रतिशत बढीमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखिएका हुन् ।

भारतको दिल्लीमा मात्र गत २४ घण्टामा २६ हजार १ सय ६९ मा कोरोना देखिएको छ । जसमा १३ हजार भन्दा बढी डबल म्युटेन्ट र युके भेरियन्टबाट संक्रमित छन् । दिल्लीमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३ सय ६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय दिल्ली कोरोनाको इपिसेन्टर नै बनेको छ । दिल्लीमा कोरोना संक्रमणबाट हालसम्म १३ हजार १ सय ९३ जनाको ज्यान गइसकेको छ ।

भारतमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्टसँगै दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट पनि देखिएका छन् । पछिल्लो समय बंगालमा नयाँ प्रकारको भेरियन्ट पनि भेटिएको छ । जसको नाम द्य।ज्ञ।टज्ञड राखिएको छ । यसलाई त्रिपल म्युटेन्ट पनि भन्ने गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर यसको चर्चा खासै भएको छैन ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !