४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले कोरोनाविरुद्धको लडाईंमा स्वयंसेवक खटाउने

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ११:२७


काठमाडौं । नेकपा एमालेले कोरोनाविरुद्धको लडाईंमा पार्टी कमिटी र जनप्रतिनिधिलाई स्वयंसेवकका रुपमा खटाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘स्थानीय तहमा जनचेतना फैलाउन, क्वारेन्टिन बनाउन, विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न, विरामीलाई अस्पतालसम्म लैजाने काममा सहयोग गर्न स्थानीय तहमा स्वयंसेवकका रुपमा खटाउने निर्णय भएको छ ।’ देशभरका आफ्ना कार्यकर्तालाई कोरोनाविरुद्धको लडाईंमा हात मिलाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

विगतमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको राम्रो काम गरेको निष्र्कष बैठकले निकालेको उहाँले बताउनुभयो । सरकारले कोरोनाविरुद्धको खोप लगाउने अभियान थालेको पनि उहाँले स्मरण गराउनुभयो । अहिले पनि कोरोना रोकथामलाई अझ प्रभावकारी बनाउनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !