४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फैलँदै काेराेना, एकैदिन थपिए २५५९ जना

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ११:३७


काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।

गत २४ घण्टामा मात्रै देशभर २ हजार ५ सय ५९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ हजार ७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । ८ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । संक्रमितमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना निको भइसकेका छन् । गत २४ घण्टामा ४ सय १० जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ छ ।

गत २४ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । यसअघि नै ज्यान गुमाएका ५ जनाको तथ्यांक पनि बिहीबार मन्त्रालयलाई प्राप्त भएको छ । हालसम्म देशभर ३ हजार १ सय २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !