२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली एमालेले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको काम बारे प्रधानमन्त्रीलाई बुझायो लिखित सुझाव

प्रकाशित मिति :  २६ पुष २०८१, शुक्रबार ०८:५३


काठमाडौं । नेकपा एमाले कर्णालीले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

एमाले कर्णालीका नेताहरूले गए राति प्रधानमन्त्रीलाई भेटेर आउने आउने बजेटमा कर्णाली प्रदेशमा समेट्नु पर्ने योजनाको बारेमा ध्यानाकर्षण गराएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको नेतृत्वमा कर्णालीबाट पार्टी केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले प्रधानमन्त्रीलाई भेट्नु भएको थियो ।

प्रधानमन्त्रीलाई कर्णालीको विकासका लागि आगामी बजेटमा समेट्नु पर्ने विषयका बारेमा लिखित रूपमा ध्यानाकर्षण गराइएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । ‘हामीहरूले प्रधानमन्त्रीज्यूलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेका छौँ’, रिजालले भन्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !