डोनाल्ड ट्रम्प अमेरिकाकाे ४७ औँ राष्ट्रपति, लिनुभयो शपथ
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बन्नुभएको छ ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा ट्रम्पले शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना सुनाउनुभयो ।
उहाँले राष्ट्रको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो’, उहाँले भन्नुभयो ।
आफ्नो शपथग्रहण समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गरेको उहाँले बताउनुभयो । आफू राष्ट्रपति भएसँगै देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्याय सुरुवात भएको उहाँले दाबी गर्नुभयो ।